दमक / नेकपा एमाले निकट लोकतान्त्रिक धिमाल संघको छैठौं राष्टिय महाधिवेशनले नम्बरलाल धिमालको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
संघको अध्यक्षमा नम्बरलाल धिमाल चयन भएका छन ।

उर्लाबारीमा मंगलबार सम्पन्न संघको महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा लक्ष्मी नारायण धिमाल, उपाध्यक्षत्रयमा बिकेन्द्र कुमार धिमाल, भुवन कुमार धिमाल र मञ्जु धिमाललाई चयन गरेको छ । संघको महासचिवमा अम्बर बहादुर धिमाल र सचिवद्धयमा मणिराज धिमाल र सुनिल धिमाल तथा कोध्यक्षमा रोमान्सी धिमाल चयन भएका जनाइएको छ । नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण भई आजनै पदभार समेत ग्रहण गरेका नवनिर्वाचित सचिव मणिराज धिमालले जानकारी दिए ।

Facebook Comments Box