दमक/ दमकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । २७ साउनमा भएको दुर्घटनाका घाईते दमक ४ का ६८ बर्षिय रामजुलुस नायकको उपचारका क्रममा आज (मंगलबार) विराट नर्सिङ होम विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दमक ४ चिया दोकानस्थित पुर्ब पश्चीम राजमार्गमा पश्चीमबाट पुर्ब तर्फ आउदै गरेको ना.८ ख.३३३३ नम्बरको ट्रकले दक्षिण बाट उत्तर तर्फ बाटो क्रस गर्दै गरेको प्रदेश नं. १–०४–००१ प.२४५५ नम्बरको स्कुटरलाई ठक्कर दिदा सो दुर्घट्ना भएको थियो । दुर्घटनामा स्कुटरका चालक नायक घाईते भएका थिए । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा छन ।
