दमक/ नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षिक उत्सवको अवसरमा एक नम्बर प्रदेश प्रहरी श्रीमती संघले विराटनगरमा आज मंगलबार रक्तदान कार्यक्रम गरेको छ ।


एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र सम्पन्न रक्तदानमा कूल ४८ पिन्ट रगत संकलन भएको छ । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक सुदिप गिरीले दातालाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको उदघाटन गरे । रेडक्रस सोसाइटी मोरङको प्राबिधिक सहयोगमा सम्पन्न भएको रक्तदानमा संघले स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा बिबिध कामहरु गर्दै आएको जानकारी दिइयो ।

 

Facebook Comments Box