दमक/ इलाम चुलाचुली गाउँपालिका वडा नं ४ पेल्टीमारीका एक युवक काँकरभिट्टाबाट लागुऔषधसहित पक्राउ परेका छन । पक्राउ पर्नेमा ३३ बर्षिय सत्यनारायण याख्खा रहेका छन ।
आज सोमबार साँझ करिब पौने ६ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रतिबन्धित लागुऔषध खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ १ ग्राम ८०० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।

Facebook Comments Box