दमक/ दमक ३ बेलडाँगीबाट अबैध काठ ओसापसारमा तीन थान मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । प्र.१–०१–०१५ प.६४१, को.३१ प.८२२२ र मे.९ प.९८४९ नम्बरका ति मोटरसाईकलहरुमा सिसौंका तीन थान गोलिया ओसारपसार गर्दै गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । ति मोटसाइकलका चालक भने फरार भएका प्रहरीले जनाएको छ । ३ वटै मोटरसाइकलमा कुल अन्दाजी २६.०३ क्यु फिट काठ लोड गरेर लैजाँदै गर्दा प्रहरीलाई देखेपछि चालकहरु फरार भएका जनाइएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ति काठ आवश्यक कारवाहीका लागि इलाका वन कार्यालय बेलडाँगीमा बुझाइएको र मोटरसाइकल थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
