सुरुङ्गा/ झापाको कनकाई नगरपालिकाबाट प्रकाशन सुरु गरेको समाचारमुलक पत्रिका कनकाई साप्ताहिक आठौ बर्षमा प्रवेश गरेको छ ।
अनलाईन संकरण कनकाई अनलाइन समेत निरन्तर प्रकाशन गरिरहेको कनकाई साप्ताहिकलाई आगामी दिनमाअझ परिस्कृत र युग सुवाउदो बनाउदै लैजाने पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले बताएका छन ।
पत्रिका आठबर्षमा प्रवेश गरेको अवसरमा पत्रिकाका सम्पादक प्रकाशक झापालीले सम्पुर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, कर्मचारी र सुभेक्षुक सबैमा धन्यावाद ज्ञापन गरेका छन । कनकाई साप्ताहिक कनकाई नगरपालिकाबाट प्रकाशित पहिलो अखबार र अनलाईन हो ।
हरेक आइतवार नियमित प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिकले स्थानीय गतिविधि र विकास पत्रकारिता गर्दै आइरहेको छ । प्रेस काउन्सिलबाट ख बर्गमा स्थापनादेखिनै नियमित रुपमा बर्गिकरणमा कनकाई साप्ताहिक पर्दै आइरहेको छ ।