विर्तामोड/ विर्ताबजारबाट बुटटाबारी तर्फ जाँदै गरेको अटोमा लागुऔषध ओसारपसार गर्ने क्रममा अटो चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ४ पुरानो बिजुली अफिस छेउ स्थित भित्रि सडक खण्डमा बिर्ताबजारबाट बुटाबारी तर्फ जादै गरेको मे.१ ह.२९२१ नम्बरको अटोलाई चेकजाँच गर्दा अटो चालक बिर्तामोड ४ का ४० बर्षिय उमेश चौधरीको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४ ग्राम २०० मिलिग्राम फेला परेको हो ।

उनलाई सोधपुछ गर्ने क्रममा सिराहा अमरुवा गा.पा.वडा नं.५ घर भइ हाल बिर्तामोड ३ बिर्ताबजारमा डेरा गरी २७ बर्षिया प्रतिक्षा चौधरीको कोठाबाट समेत प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ५ ग्राम गरी जम्मा ९ ग्राम २०० मिलिग्राम बरामद भएको हो । उनीहरु दुबै जनालाई अटो सहित नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box