दमक/ दमकमा शैक्षिक परामर्शको क्षेत्रमा काम गर्ने उद्धेश्यले सञ्चालित व्यवसायीहरुको भेलाले शैक्षिक परामर्श व्यवसायी संघ गठन गरेको छ । आज शुक्रबार सम्पन्न प्रथम भेलाले संघको ९ सदस्यीय समिति गठन गरेको हो ।
गठित समितिको अध्यक्षमा चिरन नेउपाने (चिरन चिराग), उपाध्यक्षमा मिलन खडका (रिपल एजुकेशनल ) , सचिबमा बिशाल सिटौला( क्रिम्सन यूनिभर्सल एजुकेशनल कन्सल्टेन्सी) र कोषाध्यक्षमा भीम बहादुर बोहरा (अल्ट्रा एजुकेशनल कन्सल्टेन्सी ) रहेका छन । सो समितिको
कानुनी सल्लाकारमा तारा ढुङगाना (नेक्स्ट जेन ग्लोबल एजुकेशनल) तथा सदस्यहरुमा बिनोद पौडेल ( कस्मिक इन्टरनेशन) , आर्यन सिमखड ( क्याम्ब्रिज ) , प्रबिन लिम्बु ( फुजीसान) र भुवन कोईराला (एयेईशी ) रहेका छन । संघले सम्बन्धित व्यवसायिक क्षेत्रमा रहेका समस्याहरुको एकमुष्ट समाधानका लागि काम गर्ने नवगठित समितिका सचिव सिटौलाले जानकारी दिए ।
