दमक/ झापाको कन्काई सिचाइँ आयोजनाको नहरमा बगेका दुई जना बालबालिकाको शव सताक्षी खोलाको साइफनमा अडकिएको अवस्थामा भेटिएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं. ९ आईतबारेकी सुस्मा सुन्दासको छोरी अन्दाजी ११ बर्षिया एन्जिला सुन्दास र सोही ठाउँका धुर्व राईका १२ बर्षिय छोरा सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरु दुवै जना आज दिउँसो पौडी खेल्न गएकोमा घर फर्किएर नआएपछि खोजी गर्ने क्रममा आज राती करिब सावा ९ बजे शिवसताक्षी ७ स्थित सताक्षी  खोलाको साइफनमा अडकिएको अवस्थामा  शव फेला परेको हो । प्रहरीले उनीहरुले लगाएको कपडा र चप्पल भने खोला नजिकै पर्ने कन्काई सिचाइँको नहरको डिलमा फुकालेर छोडेको अवस्थामा फेला पारेको छ । उनीहरु नहरको डिलमा कपडा राखेर पौडी खेल्न  पसेका हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । कपडा राखिएको स्थान र शव फेला परेको स्थानबीचको दुरी करिब ४ किलोमिटर रहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान शुरु गरेको जनाइएको छ ।

Facebook Comments Box