दमक/ बहुबिबाह मुद्धा लागेका झापाको शिवसताक्षी १० का होमप्रसाद दंगाललाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको २०७६।०१।०८ गतेको फैसला अनुसार बहुबिवाह मुद्धामा फरार रहेका ४३ बर्षिय दंगाललाई प्रहरीले आज (बिहिबार) झापा जिल्ला अदालतमा उपस्थित गराएको हो । उनी विरुद्ध २ बर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
