दमक/ आगामी भदौ ४ गते श्री कृष्ण जन्माष्टमीको भोली पल्ट दमकमा निकालिने रथ यात्राको लागि आवश्यक तयारी गरिएको छ । रथयात्राको व्यवस्थापनका लागि ८० प्रतिशत तयारी सकिएको आयोजक समितिले जनाएको छ ।
समितिले आज पत्रकार सम्मेलन गरेर दुई बर्ष कोरोना संक्रमण जोखिमका कारण रोकिएको रथ यात्रा यस पटक थप व्यवस्थित र भब्य रुपमा निकाल्ने तयारी गरिएको आयोजक समितिका अध्यक्ष रोहित आचार्यले जानकारी दिए । रथ यात्रा प्रचार समिति संयोजक गिरिराज भट्टराईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा रथ यात्रालाई भब्य बनाउन गठित बिभिन्न ३१ वटा उप समितिले काम गरिरहेको जनाइएको छ । दमकको रथयात्रामा सबै समुदायको सहभागिताका लागि पत्राचार भइरहेको समितिका सचिव प्रेम भट्टराईले जानकारी दिए । रथ यात्रामा सबै दमकबासीको अपनत्व हुने गरि व्यवस्थापकीय तयारी भइरहेको उनले जानकारी दिए ।
