दमक/ पहिलो पाइला नेपाल दमक शाखाले शिबसताक्षी ११ स्थित सतासीधाममा रहेका साधुसन्तहरुलाइ खाद्यन्न सहयोग हस्तान्तरण गरेको छ ।
पहिलो पाइला दमक शाखा अध्यक्ष सुरेश बरालको नेतृत्वमा आज श्रावण महिनाको चौथो सोमबारको अवसर पारेर दुई बोरा चामल , तेल ,नुन लगायतका दैनिक उपयोगी सामग्रीसंगै फलफूल लगायत करिब १० हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको हो । सतासीधाम बिकास समितिका अध्यक्ष प्रसाद सुब्बा ,सचिब उदय प्रकाश राई लगायतलाई ति सामाग्री हस्तान्तरण गरिएको पहिलो पाइला नेपालका दमक शाखाका सहसचिव राजु निरौलाले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा अध्यक्ष सुब्बाले सतासीधाम बिकासमा भइरहेका प्रयासहरुका बारेमा जानकारी गराउँदै सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखाका सल्लाहकार गणेश प्रधानले पनि मन्तव्य राखेका थिए । सो अवसरमा संस्थाका पदाधिकारी र सदस्यहरु तथा धामका साधु सन्तहरुसंगै भक्तजनहरुको उल्लेखीय उपस्थिती रहेको थियो ।

Facebook Comments Box