दमक/ झापाको कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । कचनकवल गाउँपालिका वडा नं ५ का ५० बर्षिय सुकुरू गणेशको साइकलबाट लडेर मृत्यु भएको हो । हिजो पाठामारी बजारबाट साईकलमा घर तर्फ जाने क्रममा कालीमन्दिरस्थित कल्भर्टमा साईकलबाट लडेर घाईते भएका उनलाई स्थानीयले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगेकोमा उनको तत्कालै मृत्यु भएको प्रहरी चौकी पाठामारीले जनाएको छ ।

Facebook Comments Box