दुखद घटना – छोराले चलाएको मोटरसाइकलबाट लडेर आमाको मृत्यु

Author Nishkarsha News
२०७९ श्रावण २२, आईतवार २२:३५

दमक/ झापाको बुद्धशान्तीमा छोराले चलाएको मोटरसाइकलमा पछाडी सवार आमाको लडेर मृत्यु भएको छ ।
आइतबार (आज) साँझ करिब ५ बजे बुद्धशान्ति गा.पा. वडा नं. २ रबर बगान स्थित भित्रि सडक खण्डमा जयपुरबाट शनिश्चरे तर्फ जाँदै गरेको प्र–१–०१–०१५ प २५३४ नम्बरको मोटरसाइकल  आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडी सवार अर्जुनधारा ७ की ६२ बर्षिया लक्ष्मीमाँया कार्कीको मृत्यु भएको हो ।
लडेर टाउकोमा चोट लाग्दा गम्भिर घाईते भएकी कार्कीको उपचारको लागि विएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा तत्कालै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो मोटरसाइकल छोरा सुमन कार्कीले चलाएका थिए । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्