दुर्घटनामा महिलाको मृत्यु

Author Nishkarsha News
२०७९ श्रावण २१, शनिबार १०:०१

काठमाण्डौ/ काठमाण्डौमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।

कोटेश्वरमा रोकिराखेको बा ३ ख ८०१६ नम्बरको टिपरमा बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल ठोक्किँदा मकवानपुरको बकैया गाउँपालिका–४ घर भइ भक्तपुरको चारदोबाटो बस्ने ३६ वर्षकी भूमिका आलेमगरको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलका चालक भक्तपुरको नयाँठिमी बस्ने दोलखा वैत्येश्वर घर भएका प्रेम श्रेष्ठ घाइते हुनुभएकाे र उहाँको उपचार भइरहेको प्रहरीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्