दमक/ दमक ६ का युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व सञ्जित रौनियार र रेखा रौनियारले कान्छी छोरी सान्वी रौनियारको जन्मदिनको अवसर पारेर आज दमक २ स्थित हाम्रो बाल आश्रममा खाद्यन्न सहयोग गरेका छन् ।

रौनियार दम्पतीले छोरी सान्वीको तेस्रो जन्मोत्सवको अवसर पारेर आश्रममा रहेका अनाथ बालबालिकाहरुलाई आवश्यक तेल, दाल, सावुन, विभिन्न पोषणयुक्त खानेकुराहरु प्रदान गरेका हुन् । आश्रमका सञ्चालक समिति अध्यक्ष प्रकाश थापाको उपस्थितीमा आश्रममा आश्रित बालबालिकाहरुको जिवनयापनमा सहजता पुरयाउने उद्धेश्यले सो सहयोग प्रदान गरिएको हो ।

आफ्ना सन्तानलाई सानैदेखि सामाजिक सेवाका क्षेत्रमा प्रेरित गर्ने उदेश्यले छोरीको जन्मदिनमा सामाजिक सेवाको काममा सरिक गराएको रौनियारले बताए ।

Facebook Comments Box