दमक/ जनता समाजवादी पार्टी (जसपा) को दमक नगर समितिको कार्यलय उदघाटन गरिएको छ । बिहिबार आयोजित औपचारिक कार्यक्रमकाबीच सो कार्यालय उदघाटन गरिएको हो ।
दमक–१ स्थित हल्दारचौकमा स्थापना गरिएको पार्टी कार्यालयको पार्टीका केन्दीय सदस्य तथा झापा संयोजक नित्यानन्द ताजपुरियाले उदघाटन गरेका छन ।
दमक नगर इन्चार्ज गंगाप्रसाद दुलालको अध्यक्षतामा भएको कार्यालय उदघाटनको अवसरमा केन्द्रीय सदस्यद्धय भक्त खेवाङ, देउकुमार नेम्बाङ, दमक नगर कमिटीका पूर्व अध्यक्ष बासुदेब राई लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा गंगा राईले स्वागत मन्तब्य राखेकी थिइन भने कार्यक्रमको सञ्चालन जसपा दमक नगर समितिका उपाध्यक्ष महेन्द्र चाम्लिङ राईले गरेका थिए ।
