दमककी उपमेयरलाई सरकारले बनायो नगर विकास कोष सञ्चालक

Author Nishkarsha News
२०७६ श्रावण २, बिहीबार १९:१७

दमक/ झापाको दमक नगरपालिकाकी उपमेयर गीता पौडेल ( अधिकारी)लाई सरकारले नगर विकास कोषको सञ्चालक सदस्य नियुक्ती गरेको छ ।

२९ असारमा बसेको मन्त्रीपरिषदको बैठकले प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुख मध्येबाट कम्तीमा तीन जना महिला सहित सात जनालाई नगर विकास कोष सञ्चालक समिति सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको थियो ।

सो अनुसार दमक नगरपालिकाकी उपप्रमुख अधिकारीलाई सो जिम्मेवारी प्रदान गरिएको जनाइएको छ ।

नगर विकास कोष शहरी क्षेत्रको विकासका लागि सहयोग गर्ने अख्तियारी पाएको एउटा सरकारी निकाय हो । सरकारले यही कोष मार्फत देशभरका नगरपालिकाहरुमा नगरको विकासका लागि अनुदान प्रदान गर्दै आएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्