दमक/ लागुऔषध ओसारपसार सम्बन्धि मुद्धामा फरार दमककी एक महिलालाइ पक्राउ गरि कारागार चलान गरिएको छ ।
दमक ७ की २७ बर्षिया मनजिता सहनीलाई सो मुद्धामा पक्राउ गरी बुधबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार २०७५ माघ १६ गते झापा जिल्ला अदालतले सहनीका विरुद्ध सो मुद्धामा दुई बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको थियो । सो मुद्धापछि फरार सूचीमा रहेकी सहनीलाई प्रहरीले श्रावण १७ गते पक्राउ गरेको थियो ।
