दमक/ गौरादह ९ बैगुन्धुरा– सरङ्पाडा भएर बग्ने कमल खोला (लाफादी खोला ) मा डुबेर बेपत्ता भएका कमल १ बाह्रबिघेका एक युवकको शव आज बिहान फेला परेको छ । हिजो ( मंगलबार) दिउँसो अन्य तीन जना साथीहरुसंगै पौडी खेल्न खोलामा पस्दा डुबेर बेपत्ता भएका उज्जल खरेललाई चन्द्रगढीस्थित प्रदेशस्तरीय विपद् व्यवस्थापन कार्यालयबाट खटिएको प्रहरीको गोताखोर टोलीले आज बिहान करिब साढे ८ बजे खोलामा बालुवाले पुरिरहेको अवस्थामा शव फेला पारेको हो । खरेल यसै बर्षको एसइइ परीक्षा उत्तिर्ण गरेका बिद्यार्थी भएको बताइएको छ । ति युवकको खोजीका लागि ठुलो संख्यामा प्रहरी टोली परिचालन भएको थियो ।
प्रहरीका अनुसार खरेल कमल–१ निवासी डिल्लीप्रसाद खरेलका छोरा हुन् । पानीमा डुबेर बेपत्ता भएपछी उनका साथीहरुले परिवारलाई खबर गरेका थिए ।
