दमक/ झापा दमक २ की शुभेच्छा अधिकारी सापकोटा नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ युवा प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी पाएकी छिन । धनकुटामा सम्पन्न अनेमसंघ सम्बद्ध युवा महिलाहरुको एक नम्बर प्रदेशस्तरिय पहिलो भेलाले शुभेक्षा को अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।
सो कमिटीको उपाध्यक्षमा मोरङकी कविता बान्तावा राई , सचिवमा सुनसरीकी दुर्र्गा गौतम र उपसचिवमा सीता बराल ( धनकुटा) र मनिता पौडेल –उदयपुर) चयन भएका छन भने कोषाध्यक्षमा भोजपुरकी शुसिला तामाङले जिम्मेवारी पाएकी छन । सो भेलाले समसामयिक राजनीतिक तथा सामाजिक बिषयको ७ बुँदे धनकुटा घोषणा पत्र पनि सार्वजनिक गरेको छ ।

Facebook Comments Box