मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित भित्रि सडक खण्डमा बसबाट लडेर एक जना बृद्धको मृत्यु भएको छ ।
आज बिहन ११ बजे कानेपोखरीबाट रंगेली तर्फ आउदै गरेको को.१ख ४१८८ नम्वरको बसमा सवार कानेपोखरी–२ मोरङका ७३ बर्षीय बलभद्र पराजुली बसबाट ओर्लने क्रममा लडेर मृत्यु भएको हो । बसबाट लडेर घाईते भएका पराजुलीको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालक रतुवाईमाई नगरपालिका–२ का बावुराम टुडुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।

 

Facebook Comments Box