मोरङ/प्रदेश एक अन्तर्गतका दुई अलग अलग ठाउँमा पानीमा डुबेर एकैदिन दुई जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–१९ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय ३० बर्षीय फुलसरा ऋषिदेवको मृत्यु भएको हो । सोमवार दिउँसो घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेकी उनलाई मृत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–७ कुबिण्डेका ५० बर्षीय बौवा चापागाईलाई त्रियुगा खोलाले बगाएर मृत्यु भएको छ । सोमवार बेलुका मुर्कुची बजारबाट घर तर्फ फर्कदै गरेका चापागाईलाई बाटोमा रहेको त्रियुगा खोला तर्ने क्रममा अचानक खोलाले बगाएको थियो । खोलाले बगाएका चापागाई करिव १ किलोमिटर तल मृत अवस्थामा फेला परेका थिए । ति दुवै घटनामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

Facebook Comments Box