तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिका–५ ठकुरी टोलमा एक जनाले मुश्लिले हिर्काएर बाबुको हत्या गरेका छन । ५३ बर्षीय भक्त बहादुर भण्डारीको हत्या भएको हो । आज बिहान सवा ६ बजे भण्डारीका २४ बर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुश्लिले बुबालाई टाउकोमा प्रहार गरी घाईते बनाएका थिए ।
उनको उपचारका लागि छथर अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न छोरा फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Facebook Comments Box