दमक/ झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक लाख ६० हजार भन्दा बढीको अबैध समान बरामद गरेको छ ।
भारतीय बजारबाट अबैध रुपमा भन्सार छलेर ल्याइएको सामान बरामद भएको हो । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आईतवार दिउँसो मेचीनगर नगरपालिका–६ गैरी गाउँबाट १ लाख ६ हजार मुल्य बराबरको सारी, कुर्था लगायतका समानहरु बरामद गरेको थियो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट आईतवार बेलुका ६० हजार बराबरको जुत्ता बरामद गरेको थियो । यसरी अबैध रुपमा समान बरामद भएसंगै आवश्यक कारवाहीको लागि मेची भन्सार बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box