दमक/ झापाको मेचीनगर ६ काँकरभिट्टाबाट प्रहरीले दुई जनालाई लागुऔषध ओसारपसारमा प्रयोग भएको गाडीसहित नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो प्र.३–०१–०२४ च ८००० नम्वरको गाडीसहित बाह्रदशी ६ का ३० बर्षिय पुरन राई र गाडीमा सवार सप्तरी बोदेबर्साईन ५ घर भई हाल विर्तामोड न.पा वडा नं. १ भगवान चौक बस्दै आएका ३५ बर्षिय नागेन्द्र कुमार यादवलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ २ ग्राम ८०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
