विराटनगर / बिराटनगर महानगरपालिका–१५ बाट लागुऔषध गाँजासहित ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो राती साढे १० बजे बिराटनगर रानी भन्सारको २ नम्वर ढाटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ बन्दाकोवी बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ख ८६७७ नम्वरको मिनि ट्रकमा बोराले छोपेर लुकाई राखेको अवस्थामा ६ बोरा (१५६ किलोग्राम) गाँजा बरामद गरेको हो । ट्रक र चालक शहिदभुमि गाउँपालिका–३ धनकुटाका बिवेक राईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
