दमक/ बाल यौन दुरुपयोग मुद्धामा फरार रहेका धरानका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. १५ बगरकोट शिवगंगाका ३१ बर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् ।
विश्वकर्मालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतमा दाखिला गरिएको छ । जिल्ला अदालतको मिति २०७८।०७।२७ गतेको सजाय निर्धारण फैसला आदेश अनुसार १ बर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरिवाना तोकिएको छ ।

Facebook Comments Box