विराटनगर/ बैंकिङ्ग कसुर मुद्दामा मोरङ रतुवामाई नगरपालिका वडा नं. ६ का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका वडा नं ६ घर भई हाल धरान उप–महानगरपालिका वडा नं. ९ बस्ने ३२ बर्षीय लक्ष्मण कार्की रहेका छन् । कार्कीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले आज बिहिबार धरान उपमनपा वडा नं. १२ छाताचोकबाट पक्राउ गरेको हो । फरार रहेका कार्कीका विरुद्ध बैकिङ कसुर मुद्धामा उच्च अदालत विराटनगरले मिति २०७७।०९।२७ गते २ दिन कैद र ९ लाख ५० हजार जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो । पक्राउ परेका कार्कीलाई जिल्ला अदालतबाट कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।
