कमल / पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल ५ पाडाजुँगीमा टिपरको ठक्करबाट मृत्यु भएका साइकल यात्रीको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार मृतक पाँचथरको तुम्वेवा गाउँपालिका वडा नं ५ का १६ बर्षिय सञ्जिव लिम्बु भएको खुलेको हो । यो गाउँपालिका पाँचथर सदरमुकामबाट सदरमुकामबाट ७२ किलोमिटर टाढा रहेको छ ।
आज साँझ करिब ५.१५ बजे पूर्व तर्फ जाँदै गरेको प्रदेश ३ ग ०३ ००१ क २१२ नम्बरको टिपरले साइकल यात्री लिम्बुलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
