दमक/ होटल तथा रेष्टुुरेँन्ट व्यवसायमा अनुभवी युवा व्यवसायी कुमार गौतमले दमकमा एचके फूड एण्ड वार सञ्चालनमा ल्याएका छन् ।

पछिल्लो समय पूर्वमै स्थापित होटल कामक्षा सञ्चालन गर्दै आएका गौतमले सरकारले सन् २०२० लाई पर्यटन बर्षका रुपमा कार्यान्वयन गरिरहेको हुँदा पूर्व क्षेत्रकै पर्यटन विकास तथा पर्यटकहरुको सेवा सुविधालाई मध्यनजर राखेर सो बार सञ्चालनमा ल्याइएको बताए । हिजोबाट सञ्चालनमा आएको सो बार पूर्वपश्चिम राजमार्गसंगै जोडिएको छ ।

करिव ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको सो बारको होटल व्यवसायी संघ माइश्चीम क्षेत्रीय समितिका अध्यक्ष समेत रहेका दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य राजन दंगालले उद्घाटन गरे । उद्घाटनमा संघका प्रदेश सल्लाहकार ज्ञान बहादुर कार्की ( हरी) , क्षेत्रीय समितिका वरिष्ठ उपाध्यक्ष सुधिर प्रधान लगायतको विशेष उपस्थिती रहेको थियो ।

सञ्चालक गौतमका अनुसार विहान सवेरैदेखि खाजा खाने स्थानको अभाव रहेकाले आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयलाइ ध्यान दिएर हाइवेमा नै खाजा कर्नरको रुपमा वार स्थापना गरिएको हो ।
हाइजेनिक र पूर्ण पारिवारिक वातावरणमा बार सञ्चालन गरिएको गौतमले जनाए ।

Facebook Comments Box