मोरङ/ मोरङको सुन्दरहरैचा नगरपालिका-४ का हरि खड्काका ५ बर्षीय छोरा प्रदिप खड्काको पैनीको पानीमा डुबेर मृत्यु भएको छ । आज बिहान साँढे ९ बजेको समयमा घर छेउमा रहेको पैनीले बालकलाई बगाएर लैजाँदै गरेको देखेर स्थानीयवासीले तत्काल उद्धार गरी उपचारको लागि बेदान्त अस्पताल ईटहरी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।