दमक/ मोरङको बेलवारी नगरपालिका-८ पूर्व पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दमकका १४ बर्सिय एक बालकको मृत्यु भएको छ । बिहान ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकमा अचानक ठोक्किएर भएको दुर्गटनामा कारमा सवार दमक ४ का १४ बर्सिय राजु बराइलीको मृत्यु भएको हो । प्रहरीका अनुसार कार चालक बेलवारी -१ का २२ बर्षीय संदिप लामिछाने घाईते भएका छ्न । दुर्घटनाका घाईते दुबै जनालाई उपचारको लागि बेलवारी अस्पताल पठाईएको थियो । बराईलीलाई बेलबारीबाट थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा बराईलिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।

Facebook Comments Box