बिर्तामोड / ताप्लेजुङ स्थायी घर भई झापाको शान्तिनगर बर्नेमा व्यवसाय सञ्चालन गर्दै आएका एक जना युवा व्यवसायीको शव जंगलमा फेला परेको छ ।   झापाको चारआली जंगलमा झुण्डिएको अवस्थामा  ताप्लेजुङको पाथीभरा याङवरक–३ तिरिङ्गे स्थायी घर भएका मनकुमार पौडेलको शव फेला परेको हो ।

बर्नेबाट किरानाको सामान ल्याउन  बिर्तामोड आएका पौडेल दिउँसो ३ बजेपछि सम्पर्कविहीन भएका थिए । साँझ छ बजेसम्म घर नगएपछि उनको खोजी सुरु गरिएको थियो । राति नौ बजे चारआली जंगलमा उनी मृत भेटिएका हुन् । उनको साथमा रहेको पैसा, पर्स, सुनको चेन गायव छ । परिवारजनले पौडेलको हत्या भएको आंशका गर्दै छानविनको माग गरेका छन् ।

Facebook Comments Box