झापा/ झापाको बुद्धशान्ति गाउँपालिका-६ स्थितमा पौडी खेल्ने क्रममा एक बालकको डुवी मृत्यु भएको छ । हिजो दिउँसो बुद्धशान्ति-४ का चन्द्र मावोको १२ बर्षीय छोरा इचिहाङ मावो कुलोको पानीमा पौडी खेल्ने क्रममा अचानक पानीमा डुवी मृत्यु भएको हो । बालकको शवलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाइएको छ ।
Facebook Comments Box