दमक/ झापाकी महिला नेतृ दमक ९ निवासी मन्धरा चिमरिया पौडेल राष्ट्रिय महिला अधिकार मञ्चको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएकी छिन ।
सामाजिक तथा राजनीतिक क्षेत्रमा समेत अगुवाई गर्दै आएकी उनी हालै ललितपुरमा सम्पन्न पाँचौं महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएकी हुन । सो संस्था महिला अधिकारका क्षेत्रमा कृयाशील संस्था हो । उनी यस अघि सो संस्थाको केन्द्रीय सदस्य थिइन ।
पौडेल नेपाली काङ्ग्रेस झापा क्षेत्र न. ५ की महाधिवेशन प्रतिनिधि , निम्स नेशनल हस्पिटल की सञ्चालक समिति उपाध्यक्ष लगायतका जिम्मेवारी सम्हाल्दै विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील छिन् ।
महिला आयोगकी संयोजक कमला कुमारी पराजुलीको प्रमुख आतिथ्यमा भएको महाधिबेशनमा देशभरिका शाखाबाट प्रतिनिधिहरु सहभागी भएका थिए । सो मञ्चको केन्द्रीय अधिबेशनले अध्यक्षमा सरिता घिमिरेलाई चयन गरेको जनाइएको छ ।
