रुकुमपूर्व/ रुकुमपूर्वमा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको सिस्ने गाउँपालिका-५ चोकबजारका ४५ वर्षीय गोपाल विकको मृत्यु भएको हो । आज दहमा कमलको पोटा टिप्न गएका विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
विक दहमा डुबेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर उनको उद्धार गरेको थियो । विकलाई जिल्ला अस्पताल पुर्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रनाउ डाँगीले बताएका छन् ।