मोरङ/ मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित कोशी लोकमार्गमा कन्टेनरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
आज बिहान साढे ६ बजे कन्टेनरले को.३०प ९१०३ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक केरावारी गाउँपालिका–७ का २७ बर्षीय हर्क परियार र मोटरसाईकल पछाडी सवार २१ बर्षीय भिम बहादुर राईको मृत्यु भएको हो ।
उनीहरुको उपचारको लागि बिराट मेडिकल कलेज गंगा चोक लगिएकोमा तत्कालै मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालक भारत भरतपुर एकलऔहराका मोरध्वज पाललाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको जनाइएको छ ।

Facebook Comments Box