दमक/ ४१ औं वीपि स्मृति दिवसको अवसरमा आज शुक्रबार नेपाली कांग्रेस दमक नगर समितिको आयोजनामा बिरामीलाई फलपुल वितरण गरिएको छ ।
पार्टीका जिल्ला उपसभापति शेरबहादुर भटटराईको प्रमुख आतिथ्यमा दमक अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल वितरण गरिएको नगर सचिव दिपेश दाहालले जानकारी दिए ।

सो अवसरमा कांग्रेस एक नम्बर प्रदेश समिति सदस्य समेत रहेकी दमक नगर उपप्रमुख रेगिना भटटराई प्रसाइँ, प्रदेश समिति सदस्य चन्द्रा खडका भटटराई, क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी, प्रदेश सभा क्षेत्र खका सभापति रवि केसी, दमक नगर सभापति प्रकाश प्रसाइँ, महाधिवेशन प्रतिनिधि मन्धरा चिमरिया पौडेल लगायत नेता, कार्यकर्ताहरुको उल्लेखिय सहभागिता थियो ।

दिवसको अवसरमा कांग्रेसले झापाका सबै पालिकामा विबिध कार्यक्रम गर्ने पूर्व तयारी अन्तर्गत शुक्रबार सबै ठाउँमा विबिध कार्यक्रमहरु गरि कांग्रेसले वीपि स्मृति दिवस मनाउँदै छ । नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

 

Facebook Comments Box