भोजपुर/ भोजपुरको भोजपुर नगरपालिका–१२ मा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बिहिबार बेलुका ६ बजे भित्रि सडक खण्डमा मे. १ त ४७४४ नम्बरको ट्याक्टरले ठक्कर दिदा स्थानीय सुन्दर तामाङका ४ बर्षीय छोरा मेन्सन तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाईएको र ठक्कर दिने ट्याक्टर तथा चालक भोजपुर रामप्रसादराई–९ का राजु राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।

Facebook Comments Box