दमक/ मोरङको उर्लाबारी नगरपालिका–२ बाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो सोमबार बेलुका साढे ६ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–२ का २० बर्षीय नविन पुरीको घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा उर्लावारी ३ का रकि धिमाल, उर्लाबारी–२ का उज्वल थापा र २८ बर्षीय सुमित राई समेत चार जनालाई निषेधित औषधि ट्रामाडोल ६ सय ४४ क्यापसुल र स्पास्पेन ७ सय २० ट्यावलेट सहित पक्राउ गरेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरुमाथि इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान भईरहेको जनाइएको छ ।
