दमक / झापाको झापा गाउँपालिका वडा नं. ५ स्थित सिमलडाँगी बस्तीमा आगलागी हुँदा ६ घर जलेका छन । आज मंगलबार विहान ४ बजे तिर करिम अलिको घरको बिद्युत मिटर सट हुँदा भएको आगलागीमा अलिको घर आसपासका अन्य ५ वटा घर पूर्णरुपमा जल्दा करीब २० लाख मुल्य बराबरको क्षति भएको छ ।
आगलागीमा परेर अव्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीकोको घर जलेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीमा मानवीय क्षती भएको छैन । घर र घर भित्र भएका लत्ता, कपडा र खाद्यन्न पूर्णरुपमा जलेका छन । आगलागी पीडितहरुलाई छिमेकीका घरमा तत्काल बसोबासको व्यवस्था मिलाइएको छ ।

Facebook Comments Box