दमक/ मोरङको पथरीशनिश्चरे २ पारुहाङ टोलमा सिटी सफारीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।
हिजो दिउँसो करिब साढे ३ बजे मोरङ पथरी शनिश्चरे २ पारुहाङ टोलस्थित भित्री पक्कि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको सिटी सफारीले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँका आनन राईकी ४ बर्षिया छोरी सिहाङ राईको मृत्यु भएको हो । प्र १–०२–००३ ह ५८३ नम्बरको सो सिटी सफारीको ठक्करबाट गम्भिर घाईते भएकी उनको उपचारका क्रममा न्यूरो अस्पताल बिराटनगरमा गएराती मृत्यु भएको टाफिक प्रहरीले जनाएको छ ।
सो क्रममा सफारी चालक सोही नगरपालिका वडा नं १० का ४८ बर्षिय मन बहादुर तामाङ र सफारीमा सवार १५ बर्षिया आरसिया भट्टराई घाईते भएका छन ।

Facebook Comments Box