दमक/ मेची राजमार्ग अन्तर्गत झापाको बुद्धशान्ति गा.पा.वडा नं.१ मा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्र.१–०१–०१५ प३४०३ नम्बरको मोटेसाइकल र बिपरित दिशाबाट आउँदै गरेको मे १ ज ३१८९ नम्बरको बोलेरो गाडी एक आपसमा ठाक्किएर दुर्घट्ना हुँदा मोटरसाइकल चालक बिर्तामोड .१ का २० बर्षियको मृत्यु भएको हो । उनको उपचारको क्रममा आज अपरान्ह साढे ४ बजे मृत्यु भएको हो । सोही मोटरसाइकल पछाडी सवार अर्जुनधारा ११ का २० बर्षिय सन्दिप राजबंशीको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।