मोरङ/ मोरङको बिराटनगर महानगरपालिका-१३ का १८ बर्षीय बिबेक कामतलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बिराटनगर-८ मधुमाराका राजेश साहको घर कोठाबाट असार २९ गते राती सुनका बिभिन्न गर-गहना र नगद ४६ हजार समेत चोरी भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कामतलाई चोरीका गहना र नगद सहित पक्राउ गरेको हो ।