झापा / झापा बुद्धशान्ति गाउँपालिका वडा नं ५ शान्तिनगरको गैरीगाँउमा खेत जोत्दै गरेको टयाक्टरले किचेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा टयाक्टरका सहचालक स्थानीय २६ बर्षिय बिकास कुमाल रहेका छन ।
आज शुक्रबार अपरान्ह करिब ४ बजे प्र.१–०१–००१ त ९३२५ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा अचानक पल्टिएर टयाक्टरले थिच्दा कुमालको घटनास्थलमै मृत्यू भएको हो ।
त्यसैगरी भद्रपुर ३ पृथ्वीनगरका सितु सापकोटाका ११ बर्षिय छोरा ईश्वर सापकोटाको देउनिया खोलामा डुबेर मृत्यु भएको छ । दिउँसो खोलामा डुबेर वेपत्ता भएका उनको शव साँझ करिब ६ बजे खोलाको किनारमा प्रहरी र स्थानीयबासीले फेला पारेका हुन ।