दमक/ सुनसरी र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधवार बेलुका साढे ७ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको सुमोले सोही दिशा तर्फ जाँदै गरेका साईकल यात्री बराहक्षेत्र नगरपालिका–५ का ६० बर्षीय दुखिलाल धामीलाई ठक्कर दिंदा मृत्यु भएको हो ।
यसैगरी उदयपुरको कटारीबाट मैयाखु तर्फ जाँदै गरेको प्रदेश २–०१–००१ च ०२४३ नम्बरको बोलेरो कटारी नगरपालिका–४ मा आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बोलेरोमा सवार ९ जना घाईते मध्ये कटारी १३ का १८ बर्षिय बिष्णु राउतको उपचारका क्रममा मृत्यु भएको हो । अन्य घाईतेहरुको वीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

Facebook Comments Box