सप्तरी/ सप्तरीमा पोखरीमा डुबेर दुई जना बालिकाकाे ज्यान गएकाे छ ।
नुहाउने क्रममा हिजाे पाेखरीमा डुबेर सप्तरीको कञ्चनरुप नगरपालिका–५ की १३ वर्षीया रजनी कुमारी सदा र १४ वर्षीया सेन्द्री कुमारी सदाकाे ज्यान गएकाे हाे ।
सात/आठ जना बालिकाहरू स्थानीय दीपक चौधरीको पोखरीमा नुहाउने गएकाे बेला रजनी र सेन्द्री पानीमा डुबेका स्थानीयले बताएका छन् ।
प्रहरीका अनुसार सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा र रजनीको कञ्चनपुरकाे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएकाे थियाे।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।