दमक / बर्खायाम शुरुभए सगै रतुवा र मावा नदीमा आउने बाढिको रास्ती बिगत लामो समय देखि खेप्दै आएका दमकबासीले यो बर्स पनि समस्या खेप्नुपर्यो । प्रत्येक बर्षको बर्षा याममा यी दुई नदिमा आउने बाढिका कारण दमकबासीले ठूलो क्षेती ब्यहोर्नु परिरहेको छ ।
यहि समस्यालाई मध्यजर गरेर प्राकृतिक प्रकोपको दिगो समाधान खोज्ने उदेश्यले तत्कालिन दमक १० का स्थानीयबासीहरुले यी दुई नदि किनारमा करिब ३० दशक अघि बृक्षा रोपणको अबधारणा अघिसारेका थिए । खोलाको छुरो बलुवामा शुरुगरिएको सो अभियानले अहिले सार्थकता पाएको छ । अहिले सो क्षेत्रमा बनको बिकाश भएको छ ।
यहाका स्थानीयहरुको अथक प्रयासले उब्जिएको बनले अहिले दमक १० को तल्लो क्षेत्रका स्थानीयहरुका लागि घाँस दाउराको दिगो स्रोत समेत मात्र बनेको छैन, यो रमा बनले बायोईन्जिनियरिङ पद्धतिबाट नदि नियन्त्रणमा समेत महत्वपुर्ण भुमिका खेल्दै आएको छ । तर पछिल्ला दिनहरुमा आएर यो बनको उचित रेखदेख तथा सरक्षण नहुदा बन नासिदै जान थालेको छ । दमक १० स्थित सेतुमारीमा अवस्थित यो बन क्षेत्रमा केही बर्ष यता आफू खुशी घास दाउरा काटने रुख काटने जस्ता कार्यले प्रसय पाउन थालेको छ ।
बनको सरक्षण तथा प्राकृतिक प्रकोप न्यूनीकरण का लागि भनेर एउटा रमा सामुदायिक बन तथा प्रकोप ब्याबस्थापन समिती पनि निर्माण गरिएको छ । तर सो समितिले पनि सोचे अनुरुपका कार्यहरु अघि बढाउन सकिरहेको छैन । समितिले बनको सरक्ष्णकालागी उचित कार्य गर्न नसकी रहेको सो समितिका अध्यक्ष डिल्ली प्रसाद न्यौपाने स्वयम स्वकार गर्नुहुन्छ । बनको लामो समयदेखि साधारणसभा समेतहुन सकेको छैन । पछिल्ला दिनहरुमा समितिले बनको रेखदेखम खासै चासो देखाएको छैन ।
समितीका पदाधिकारीहरुले नै खासै समय दिन छोडेपछी बनको सरक्षण र उपभोगको जिम्मा बिगत दुई बर्ष यता स्थानीय उपभोक्ता सम्मिलित टोल बिकाशलाई दिइएको अध्यक्ष न्यौपानेले बताउने भयो । केही बर्षयता बन क्षेत्रमा थप वृक्ष रोपणका कार्यक्रमहरु पनि हुन सकिरहेका छैनन । भने बन नदि कटानको चपेटामा पनि पर्ने गरेको छ । सबिक दमक १९ का स्थानीयहरुको सकृयतामा हुर्काइएको बन अहिले उजाड बन्दै छ ।
एक सय बिगाह बढी क्षेत्रमा फैलिएको बन नेपाल सरकार मार्फत उधयोग बिभागको स्वामित्वमा गएपछी यसको सरक्षण र सम्बर्धनमा स्थानीय उपभोक्ताले पनि चासो देखाउन छोडेका छन । जसको प्रत्यक्ष असर बनलाई परिरहेको छ । गत आईतबार पनि बन क्षेत्रका रुखहरु काटिएका छन । प्रस्ताबित ( हाल औधोगिक पार्क) भित्र पर्ने बन तिब्र रुपमा फडानी भै रहेको छ । रमा सामुदायिक बन तथा प्रकोप ब्याबस्थापन समितीले बिगत लामो समय देखि साधारण सभा मार्फत बनको आय ब्यय समेत प्रस्तुत नगर्दा यसको असर पनि बनमा परिरहेको छ भने उपभोक्ताले आबश्यक काठ दाउरा मूल्य तिरेर पनि सहज रुपमा प्राप्त गर्न सकिरहेका छैन । दिगो ढगले बनको बिकाशा भएपछी दमक १० को तल्लो क्षेत्र बिशेश गरेर सेतुमारी, शकरटोल र न्यौपाने टोलका स्थानीयहरुले घाँस दाउराको प्रत्यक्ष लाभ लिदै आएका छ्न । यो सगै रतुवा नदि नियन्त्रणमा पनि यो बनले भुमिका खेल्दै आईरहेको छ ।
