पथरीशनिश्चरे/ पूर्वोत्तर मोरङ्गको पथरीशनिश्चरे नगरपालिकाको आर्थिक वर्ष२०७८ /०७९को कूल बजेटबाट चालु तर्फ ८६ तथा पुँजीगत तर्फ ७१.९५ प्रतिशत खर्च भएको छ। चालु आवमा १ अर्ब १७ करोड ५६लाख ९८ हजार २१४ रूपैयाँ बराबरको वार्षिक कूल आम्दानी हुने लक्ष्य राखिएको थियो।

जस अन्तर्गत ८८ करोड १५ लाख १८ हजार ३१३ रूपैयाँ मात्र खर्च हुन सकेको छ भने नेपाल सरकारबाट निकासा भएको रकम ६करोड ७२ लाख ९६ हजार ९७७ रूपैयाँ ( संघीय तथा प्रदेश सरकारबाट शसर्त अनुदान प्राप्त रकम र प्रदेश सरकारबाट प्राप्त निर्वाचन क्षेत्र विकास पूर्वाधार वापतको बजेट नेपाल सरकारलाई नै फिर्ता ( फ्रिज) भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बताउनुभयो।

चालु आर्थिक वर्षमा आन्तरिक राजश्वबाट ३ करोड रुपैयाँ, राजस्व बांडफांडमा १३ करोड ५५ लाख ६५ हजार ७ सय ४४ रूपैयाँ, अन्तर्सहकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको अनुदान प्राप्त भएको ५० करोड १७लाख ८७ हजार ४१८ रूपैयाँ , अन्य अनुदानमा १ करोड ३० लाख रूपैयाँ, अन्य आय शिर्षकमा २९ करोड ३६ लाख रुपैयाँ , अल्या नगद मौज्दात अनुसार १८ करोड ८६ लाख २३ हजार ७३३ रूपैयाँ , वैदेशिक स्रोतबाट २५ लाख ४१ हजार ४१८ रूपैयाँ तथा अघिल्लो आवको अल्या नगद मौज्दातमा १८ करोड ८६ लाख २३ हजार ७३३ रूपैयाँ वार्षिक आयको प्रस्तावित बजेट विनियोजन भएको थियो।

यसैगरी, चालु आर्थिक वर्ष -२०७८/०७९ मा चालु व्यय शिर्षकमा ४८ करोड ३२लाख ९९ हजार ४५१ रूपैयाँ, पुँजीगत व्यय वापत ३९ करोड ८२लाख १८ हजार ८३२ रूपैयाँ, अन्य खर्च तर्फ २९ करोड ३६ लाख रुपैयाँ गरी कूल १अर्ब १७ करोड ५६ लाख ९८ हजार २१४ रूपैयाँ वार्षिक खर्च भएको जनाइएको छ।

जस अन्तर्गत चालु आवमा नगरका कर्मचारीहरूको प्रारिश्रमिक वापत २ करोड ७५ लाख रुपैयाँ, पदाधिकारीहरूको पारिश्रमिक तथा भ्रमण खर्चमा १ करोड ३० लाख रुपैयाँ, सामाजिक सुरक्षा खर्च वापत २९ लाख ४८ हजार ८७९ रूपैयाँ, सवारी साधन मर्मत तथा इन्धन तर्फ ७३ लाख , कर्मचारी भ्रमणमा १० लाख सहित आन्तरिक पर्यटन प्रवर्द्धन खर्चमा ३० लाख रूपैयाँ, विपद व्यवस्थापन वापत ६० लाख , लगायतका विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको थियो। नगरअस्पतालमा कोरोना भाइरस विरुद्धको आकस्मिक उपचार सेवा तथा सुविधा उपलब्ध गराइएको थियो भने नगर क्षेत्रभित्र संघीय, प्रदेश तथा नगरको स्थानीय विकास सरकारले प्राथमिकताका साथ बुद्ध मार्ग, रजतजयन्ती मार्ग, दोलुशुक्रबारे मार्ग, मन्दिर लाईन देखि बुद्ध चोकसम्म लगायत सडकहरुकाे मर्मत सम्भार, स्तन्नोतरी तथा कालोपत्रे गर्ने योजना सम्पन्न भएको थियो।

Facebook Comments Box